रामेछापमा कोरोना कहर : प्रशासनको यस्तो आदेखि लागू ! (सूचनासहित)

| बैशाख ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९, वैशाख, मन्थली । रामेछाप जिल्लाका आठवटै स्थानीय तहले क्वारेन्टिन तयारी अवस्थामा राख्नु पर्ने भएको छ । बुधबार बसेको जिल्ला कोभिड -१९ संकट ब्यवस्थापन केन्द्र  (डिसिसिएमसी) को बैठकले सबै स्थानीय तहहरुले यसअघि स्थापना गरेका क्वारेन्टिन्, आइसोलेसन सेन्टरलाई पुःन तयारी अवस्थामा राख्न आग्रह गरेको हो । 


तीन पृष्ठ लामो सूचना तथा आदेश जारी गर्दै जिल्ला प्रशासनले मन्त्रिपरिषद् बैठकले जारी गरेको कोरोना रोकथामको सम्बन्धि आदेशलाई आधार मानी जिल्लामा पनि सुरक्षाका उपाय अपनाउन भनिएको छ । 
जारी आदेशमा पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संचालन हुने भनिएको छ । 
आजदेखि लागू हुने गरि आगामी बैशाख मसान्तसम्म कुनै प्रकारको भेला, जुलुस्, आमसभा, खेलकुद् कार्यक्रम, नहुने उल्लेख छ । गाउँपालिकाले संचालन गर्ने राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताका खेलहरु दर्शक बिनानै खेलाउनू पर्ने छ । 
मठमन्दिर, गुम्बा, चर्च, मस्जितहरुमा ११ गतेदेखि नित्यपूजा, ध्यान र प्राथना मात्रै गरिने छ । भिड्भाड गर्न पाइन  छैन् । 

May be an image of text

May be an image of textMay be an image of text

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार