नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौ जिल्ला अधिवेशन सम्पन्न

| पुस ११, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

कैलाश खत्री, ११ पुष, रामेछाप । नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष दामोदर सुवेदीको अध्यक्षतामा शनिबार भएको अधिवेशनको प्रमुख अतिथि केन्द्रीय सदस्य भुपेन्द्र अधिकारी रहनु भएको थियो । 

 

त्यस कार्यक्रममा नेपाली काङ्ग्रेस रामेछापका सचिव दिपक खड्का, नेपाल प्रेस युनियनका नेता पत्रकार हिमाल ढुङ्गेल, कर्मचारी युनियनका पूर्व जिल्ला अध्यक्ष उद्धव प्रसाद घिमिरे, कर्मचारी यूनियनका प्रतिनिधि यमलाल बेलवासे, स्थानिय तह कर्मचारी युनियनका अध्यक्ष घना श्रेष्ठ, र पूर्व केन्द्रीय सदस्य होमबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । अधिवेशनमा वोल्ने वक्ताहरुले समय सापेक्ष निजामती कर्मचारीले भुमिका खेल्नु पर्ने बताएका थिए । 

 

सरकारको स्थायी संरचना कर्मचारी प्रशासन भएकाले देशको विकास र उन्नतिमा कर्मचारी प्रशासनको भुमिका महत्वपूर्ण हुने उनीहरुले बताएका थिए । 

 

यस्तै सोहि अधिवेशनले पुनः दामोदर सुवेदीको अध्यक्षमा १७ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा माधव प्रसाद पौडेल उपाध्यक्ष महिला तर्फ सुप्रभा कार्की, समावेशी तर्फ शिव कुमार महतो रहेका छन् । सचिवमा शेषराज पौडेल सह( सचिवमा उज्वल वस्नेत र कोषाध्यक्षमा नारायण कार्की चयन हुनु भएको निजामती कर्मचारी यूनियन निर्वाचन मण्डलका प्रमुख गोविन्द प्रसाद कट्टेलले जानकारी दिए ।