एकिकृत समाजवादी नागदहको अध्यक्षमा निरबाहदुर थापा मगर

| पुस ११, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

११ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदहमा निरबाहदुर थापा मगरको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरेको छ । 

 

पछिल्लो समय वडा र पालिका कमिटी विस्तारलाई तिब्रता दिएको (एस) ले आज आइतबार थापा मगरको अध्यक्षतामा नगदहमा वडा कमिटी गठन गरेको हो ।

 

वडा कमिटीको उपाध्यक्षमा तेजबहादुर लुङ्गेली मगर चयन भएका छन् । भने सचिवमा रामकुमार मगरले जिम्मेवारी पाएका छन् । 

 


त्यस्तै सह–सचिवमा काली थापा मगर चयन भएकी छिन् ।