लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षलाई दश हजार जरिवना सहित एक वर्षको कैद सजय

| बैशाख ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९ वैशाख, रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउपालिकाकी उपाध्यक्ष र वडा अध्यक्षलाई अदालतले कैद सजाएको फैसला गरेको छ ।

जिल्ला अदालत काठमान्डौका जिल्ला न्याधिश रामचन्द्र पौडेलकाे बिहिबारको इजलासले गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बाेहाेरालाई एक-एक वर्ष कैद र १०-१० हजार नगद जरिवानाको फैसला गरेको हो ।

गाउँपालिका अध्यक्ष गोविन्दा खड्कालाई 'मिलन' भनिने लोप्साङ लामा र अमृत तामाङ्ले भनेजती चन्दा नदिए ज्यानमार्ने धम्कीदिएर २ करोड मागेका थिए । खड्काले गृहमन्त्रालय सहितका सुरक्षा निकायमा पुगेर उनीहरुलाई पक्राउ गर्ने भनेपछि प्रहरीले गोली हानी दुईलाई पक्राउ गरेको थियो । गोली लोप्साङ्को खुट्टामा लागेको थियो । पक्राउ परेका दुई जनामाथि अनुसन्धान गर्दा पालिका उपाध्यक्ष दाहाल र वडा अध्यक्षको नाम जोडिएको थियो । 

फैसला अनुसार मिलन भनिने लोप्साङ लामालाई ६ बर्ष कैद र ६० हजार नगद जरिवाना , अमृत तामाङ्लाई ३ बर्ष कैद र ३० हजार नगद जरिवानाको फैसला गरेको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार