हिउँमा बस चिप्लिएर सडकबाट तल झर्यो

| पुस १४, २०७८ बुधबार

तस्विर कुमार घिसिङ्बाट प्राप्त
A A A
A A A

१४ पुष,रामेछाप । गएराति देखि परेको हिउँमा चिप्लिएर चरिकोटबाट काठमाडौ तर्फ जादै गरेको अरनिको एक्सप्रेस सडकबाट केही तल झरेको छ । 

 

 

बा ५ ख ८५५५  नम्बरको बस सडकबाट हिउँमा चिप्लिएर केही तल पुगेको यात्री कुमार घिसिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘चरिकोटबाट काठमाडौ जादै गरेको अरनिको एक्सप्रेसको गाडी हिउँमा चिप्लेर बाटो भन्दा केहि तल पुगेको छ । सबै जना सुरक्षित रहेको जानकारी छ ।’  

 

उनले भने 'कम्तीमा ३ देखि ४ फुट हिउँ परेको अनुमान छ‚ हिउँसँगै हावाहुरी समेत चलिरहेको छ। ‘अहिले कालिन्चोक पुगेका पर्यटकहरू कुरीमा  नै फसिरहेको छ । शैलुङ डाँडामा हिजो रातीदेखि ठुलो मात्रामा हिउँ परिरहेको शैलुङ गाउँपालिका स्थनियबसीले जानकारी दिए । स्थनियबसीको अनुसार गाउँपालिका भएको स्थानसम्मै हिउँ परिरहेको बताए । खरीढुङ्गमा हिउँले गर्दा दुईतर्फी बाटो बन्द भएको छ‚ यहाँ काठमाडौँ आउने र जाने सवारीसाधनहरू बाटैमा जाम भइरहेको छ।’

 

बस चिप्लिए पनि बसमा सवार सबै यात्रु सुरक्षित रहेको उनले बताए । गएराति देखि परेको हिउँमातले देशका विभिन्न ठाउँमा जनजिवन प्रभावित बनेको छ ।