गौश्वरा घटना पक्ररणः मुख्य अभियुक्त थापा मगर जेल चलान, ‘९८ साल सम्म जेलमै’

| पुस १४, २०७८ बुधबार

तस्विर फाइल
A A A
A A A

१४ पुष,रामेछाप । दोरम्बा शैलुङ् गाउँपालिका गौश्वरामा छिमेकीलाई चक्कुले हानेर मार्ने घटनाका मुख्य अभियुक्त होमबहादुर थापा मगर रहेका जेल चलान भएका छन् । 

 


उनी गत सोमबार घरबाटै पक्राउ परेका थिए । पालिकाको वडा नं ४ गौश्वरा स्थायी घर भएका अन्दाजी ५५ थापा मगरले छिमेकीलाई गत २०४९ कातिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरि ज्यान लिएका थिए ।  

 

 

सो घटनापछि २८ वर्षदेखि फरार रहेका थापा मगर सोमबार पक्राउ परेका थिए । उनलाई मंगलबार जिल्ला अदालतमा पेश गरिएको थियो । जिल्ला अदालतले घटनामा दोषी ठहर गर्दै २० वर्ष जेल राख्न अनुमति दिएको हो । 

 

 

‘अब थापामगर ९८  साल सम्म जेलमा बस्ने छन् जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गानाले रामेछाप टाइम्ससंग भने ।’