दोलखाका कांग्रेस पूर्व सभापति न्यौपानेको रुखले किचेर ज्यान गयो
९ वैशाख, रामेछाप । नेपाली कांग्रेस दोलखाका पूर्व सभापति देवी प्रसाद न्यौपानेको रुखले किचेर मृत्यु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थित घरनजिकै काटेको रुखको मुढा पल्टिएर किच्दा न्यौपानेको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । घटनाका विषयमा थप जानकारी प्राप्त हुन बाँकी छ ।
घटना स्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको दोलखाका प्रहरी प्रवक्त प्रहरी निरिक्षक अञ्जन कोईरालाले जानकारी दिए ।
