रामेछापमा १२-१७ वर्ष उमेरका १८ हजार बढीले खोप लगाएः ६२ हजारलाई पूर्ण खोप (तथ्याङ्क)

जिल्लामा बुधबारसम्म ९२ हजार ६ सय ७६ जनाले पहिलो मात्र खोप लगाए

| पुस १५, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

१५ पुष, रामेछाप । रामेछाप जिल्लामा १२ देखि १७ वर्ष उमेरका १८ हजार बढीले कोरोना बिरुद्धको खोप लगाएका छन् । जिल्लामा कूल ६२ हजार भन्दा भढीले पूर्ण खोप लगाएका छन् । 


 बुधबार जिल्ला स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी भुवन थापाले दिएको जानकारी अनुसार कूल १८ हजार ३० जनाले खोप लगाएका हुन् । सरकारले १२ देखि १७ वर्षका किशोर किशोरीहरुलाई मोर्डना खोप लगाउन अनुमती दिएको थियो । सोही खोप ५७ जिल्लामा  संचालन  भैरहेको छ । यो खोप रामेछापमा पनि लगाइदै छ । 

 

जिल्लाका कूल २२ हजार ९ सय ६१ जना किशोर किशोरीहरुलाई लगाउने लक्ष्य लिएको जिल्ला अस्पतालले लक्ष्यम पुग्न नसकेको उल्लेख गरेको छ ।  बुधबारसम्म ९२ हजार ६ सय ७६ जनाले पहिलो मात्र खोप लगाएका छन् भने पूर्ण खोप लगाउनेको संख्या ६२ हजार एक जनाले पुगेको छ । 

स्रोत स्वास्थ्य कार्यालय रामेछाप । 

जसमा जोन्स एण्ड जोन्सोनको एक मात्रै खोप लगाउनु पर्नेहरु समेत रहेको जिल्ला अस्पताल रामेछाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  जिल्लामा हाल ७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको थापाले बताए । भने कूल तीन हजार एक सय ५० जना निकोभएका छन् । 

 

त्यस्तै हाल सम्म ७ जना यहाँ उपचार सम्भव नभएपछि काठमाडौंसहितका अस्पतलामा रेफर गरिएको छ ।  पहिलो र दोस्रो लहरको कोरोना महामारीमा गरि हालसम्म कूल २३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् । 

विज्ञप्ति तथ्याङ्क हेर्नुहोस्