‍भक्तपुरमा कार दुर्घटनामा परि रामेछापका खत्रीसहित दुई घाइतेः एकको ज्यान गयो

| पुस १५, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

१५ पुष,रामेछाप । भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा गएराति कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका–१२ गेलु घर भइ ललितपुर टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री छन् । 

 

उनी उपचार पछि घरफर्किएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनका अनुसार भक्तपुरबाट काठमाण्डौ जाँदै गरेको वाग्मती ४ च ५७६ नम्बरको कार डिभाइडरमा ठोक्किएर अर्को बस र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी थियो । 

 

दुर्घटनामा कारमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–१५ घर भइ काठमाण्डौ शान्तिनगर बस्दै आएका अभिषेक साहको ज्यान गएको प्रहरी पाण्डेले बताए ।

 

उनको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा ज्यान गएको हो । 

 

त्यस्तै दुर्घटनामा गम्भीर घाइते अर्का चालक सिन्धुलीको कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।