नेपाल शिक्षक संघ मन्थली नगरको अध्यक्षमा भीम नेपालीः यी हुन् पदाधिकारीहरु ?

| पुस १६, २०७८ शुक्रबार

तस्विर फाइल
A A A
A A A

१५ पुष, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरको अध्यक्षमा भीम नेपाली निर्वाचित भएका छन् । गत बिहिबार मन्थलीमा भएको नगरको दोस्रो पालिका अधिवेशनबाट नेपालीलाई नगरको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । जसको उपाध्यक्षमा सविना पौडेल र शम्भु मण्डल चयन भएका छन्, भने नगरको सचिवमा सुरेन्द्र केसीले जिम्मेवारी पाएका छन् । 


त्यस्तै नगर शिक्षक संघको विधानले व्यवस्थाको व्यवस्थाअनुसार अर्थ–सचिवमा सानोबाबु पुरीलाई जिम्मेवारी दिएको हो । 


नेपालीको सभापतित्वमा २६ सदस्यीय पदाधिकारी सहितको समिति गठन गर्दै संघले नगरमा दोस्रो अधिवेशन सम्पन्न गरेको हो । सोही भेलाले संघको सह–सचिवमा गुञ्जबहादुर श्रेष्ठ र जानुका श्रेष्ठलाई जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै शिक्षक संघको बिधानमा उल्लेखित व्यवस्थाअनुसार अर्थसहसचिवमा बिनोद सुबेदी चयन भएका छन् । 

 

त्यस्तै समवेसी सहसचिवमा प्रमिना श्रेष्ठलाई जिम्मेवारी दिएको छ । 


नगरको शिक्षा क्षेत्रमा शिक्षकहरुको उक्त संगठनले उनीहरुको अधिकारको लागि काम गर्दै आएको छ । संस्थाले शिक्षकहरुको हक अधिकारको बारेमा काम गर्दै आएका छ । 
त्यस्तै बद्री अधिकारी, लेखबहादुर खत्री,माला घिसिङ,अनिता पौडेल,नारायणप्रसाद घिमिरे,कृष्ण कार्की,लक्ष्मी तामाङ, हिरा बोहोरा (पुरी), सरस्वती गिरी, यमकुमारी मगर १४ वटै वडाबाट सदस्यमा चयन भएका छन् । 


त्यसैगरी महिला सदस्यहरुमा शान्ता श्रेष्ठ, देवी पोख्रेल अधिकारी र दुर्गा पौडेल रहेका छन् । 

 


खुल्ला सदस्यहरुमा क्रमशः किशोर घिमिरे, पुर्णबहादुर रोक्का, मञ्जु श्रेष्ठ र थममाया मोक्तान रहेका छन् । यस अघि नेपाल शिक्षक संघ मन्थली नगरपालिकाको अध्यक्षमा बुद्धिराज फुयाल थिए ।