समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ स्थापना दिवस सम्पन्न

| बैशाख ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९,वैशाख, चिसापानी/मन्थली । कैलाश खत्री, रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीमा रहेको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ स्थापना दिवस सम्पन्न भएको छ ।

 

चिसापानीमा वैशाख ७गते मंगलबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको स्थापना दिवसको प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का रहनु भएको थियो । स्थापना दिवसलाई सम्बोधन गर्दै प्रमुख खड्काले ग्रामीण क्षेत्रको अर्थतन्त्र लाई मजबुद बनाउन त्यस सहकारीले उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले ग्रामीण कृषि, पशु पालन र घरेलु उद्योगका क्षेत्रमा थप लगानी गर्न सहकारी संस्थाका प्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो । संस्थाका सचिव सरिता श्रेष्ठले संङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष भीम कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभालाई मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीका अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ, सहकारीका व्यवस्थापक अर्जुन श्रेष्ठ, सहकारीका पूर्व अध्यक्ष भीमदास श्रेष्ठ, भीमेश्वर रुद्र माध्यमिक विद्यालय चिसापानीका प्रधानाध्यापक शंकर प्रसाद ढुङ्गेल, विद्याश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक रसोक कुमार श्रेष्ठ, चिसापानी गढी संरक्षण समितिका अध्यक्ष श्याम कुमार श्रेष्ठ लगायतले सम्बोधन गर्दै सहकारी क्षेत्रका महत्वको बारेमा अाफ्नाे धारणा राख्नु भएको थियो । 

No description available.

वि.सं. २०६७ साल वैशाख ७गते स्थापना भएको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चिसापानीको कुल पुँजी रू पाँच करोड ८० लाख ५० हजार २सय८५ रुपियाँ रहेको छ भने चैत मसान्त सम्मकाे खुद मुनाफा रू १२ लाख रहेको छ।

स्थापना दिवसको अवरमा अध्यक्ष गोपाल श्रेष्ठले सहकारीको आफ्नै कार्यालय भवन बनाउने योजना अघि सार्नु भएको थियो । त्यसैगरी गाउँका मानिसहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्तालाई बैंकसँग समन्वय गरी सहकारी संस्था मार्फत घर दैलोमा पुर्‍याउने योजना रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागीहरु वि.सं २०७८ सालकाे भित्तेपात्रो वितरण गरिएको थियो । त्यस्तै दिवंगत भएका सहकारी संस्थाका सदस्यका परिवारजनहरु लाई समवेदना सन्देश सहितको फोटो फ्रेम प्रदान गरिएको थियो ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार