मन्दिरबाट मूर्ति चोरी गर्ने रामेछापका योञ्जनसहित दुई जना पक्राउ

| पुस २०, २०७८ मंगलबार

A A A
A A A

२० पुस, काठमाडौं । मूर्ति चोरी गरेको आरोपमा ललितपुरबाट रामेछापका एकसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भइ सामाखुशी बस्‍दै आएका २३ वर्षीय नेशनल योञ्जन र ललितपुर महानगरपालिका–२० बस्‍ने २४ वर्षीय सानुलाल महर्जन रहेका छन् ।

 


उनीहरुले मंसिर २७ गते रातको समयमा ललितपुर महानगर–१२ टंगालस्थित रहेको तंगहिटी ढुंगेधाराबाट नारायणको मूर्ति र पुस १५ गते रातिको समयमा गोदावरी नगरपालिका–३ टौखेलस्थित पञ्चयिन मन्दिरबाट ढुंगामा कुँदिएको बुद्धको मूर्ति चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

 

पक्राउ परेका उनीहरुलाई ललितपुर जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।