नेविसंघ रामेछापमा खत्री र श्रेष्ठ पनि सदस्यमा मनोनित

| पुस २१, २०७८ बुधबार

तस्विर फाइल
A A A
A A A

२१ पुष, रामेछाप । नेपाल विद्यार्थी सघ (नेविसंघ) रामेछापले थप दुई जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । 

 

मंगलबार कमल खत्री र सरोज श्रेष्ठलाई जिल्ला सदस्यमा मनोनित गरेको सभापति शुशिल अधिकारीले हस्ताक्षर गरेको मनोनित पत्रमा उल्लेख छ । 

 

सोमबार मात्रै नारायण थापा र निसाल घिमिरेलाई मनोनित गरेको नेविसंघ रामेछापले जिल्ला अधिवेशन लक्षित गतिविधि तिब्र रुपमा अगाडि बढाएको क्षेत्र नं १ का क्षेत्रिय सभपति उत्तमकुमार कार्कीले रामेछाप टाइम्सलाई बताए ।

 

उनका अनुसार नेविसंघ रामेछापले यही पुषभित्र जिल्लाका उच्च माद्यामिक र माध्यामिक विद्यालयहरु समेतमा आफ्नो संगठन विस्तार सक्ने लक्ष्य लिएको छ । ‘यो सबै अब अधिवेशनको तयारीको रुपमा अगाडि बढाएका हौं कार्कीले भने।’