नेपाल सुनचाँदी कला ब्यवसायी संघद्वरा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदादिकारीलाई सम्मान
फाइल फोटो
९ वैशाख,मन्थली । नेपाल सुनचाँदी कला ब्यवसायी संघ रामेछापले नेपाल पत्रकार महासंघ रामेछापको नवनिर्वाचित् टोलीलाई बधाई तथा शुभकामना दिएको छ ।
बिहिबार संघले मन्थलीमा एक कार्यक्रमको आयोजना गरि गत चैत्र २५ गते निर्वाचित् पदादिकारीहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको हो ।
बधाई कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका नवनिर्वाचित् जिल्ला अध्यक्ष बद्री नयाँघरेले, संघले बधाई दिएर आफूहरुलाई थप जिम्मेवार बनाएको स्मरण गरे । उनले सुनचाँदी ब्यवसायीहरुसंग जिल्लाका पत्रकारहरुले आगामी दिनमा समन्वय गरेर काम गर्ने पनि प्रतिबद्धता जनाए । विगतमा भएका कमी कम्जोरिलाई सच्चाउदै सबै ब्यापार ब्यवसायीहरुसंग समन्वय गरेर अबको महासंघको नेत्त्रित्व अघि बढ्ने विश्वास् दिलाए । सुनचाँदी ब्यवसायी एक कला र सम्मानित् पेशा भएकाले यसको प्रचारप्रशारमा रामेछापका मिडियाले भूमिकाले खेल्ने प्रतिबद्धता जनाए ।
त्यस्तै सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय सदस्य आकाश रिजालले राज्यले सुनचाँदी ब्यवसायीहरुलाई फरक धारणाले हेर्दै आएको गुनासो गरे । उनले सुनचाँदी ब्यापारी धेरै जोखिमको पेशा भएपनि राज्यले आफूहरुलाई महत्वका साथ नहेरेको बताए ।

