एमाले रामेछापको उप-सचिवमा प्रकाश कार्कीको उम्मेद्वरी घोषणा

| पुस २२, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

२२ रामेछाप । नेकपा एमाले रामेछापको उप–सचिवमा प्रकाश कार्कीले उम्मेद्वरी घोषणा गरेका छन् । भोलीदेखि सुरु हुन लागेको एमाले जिल्ला अधिवेशनमा कार्कीले जिल्ला उप–सचिवमा उम्मेद्वरी घोषणा गरेको कार्की निकट स्रोतले रामेछाप टाइम्सलाई जानकारी दियो । 

 

हाल जिल्ला पार्टी प्रचारविभागको जिम्मेवारीमा रहेका कार्कीले दुई जना उप–सचिवको लागि प्रर्तिशपर्धा गर्ने भएका हुन् । 

 

२०५३ सालमा अनेरास्ववियूबाट प्रावि सदस्यबाट राजनीति सुरु गरेका कार्की, जिल्ला अध्यक्ष, जिल्ला सदस्य, सह-सचिव, सचिव हुदै अध्यक्ष समेत बनेका छन् । कार्की अनेरास्ववियूको केन्द्रीय सदस्य समेत बनिसकेका छन् । 

 

त्यस्तै जिल्लाको एमाले जिल्ला कमिटी सदस्य र सचिवालय सदस्य समेत बनेका थिए । 

 

सर्वसहमतिमै जिल्ला कमिटी बनाउने  तयारीमा रहेको एमाले रामेछापको (आज) बिहिबार १ बजे  बस्ने जिल्ला कमिटी बैठकले उम्मेद्वरी दिनेहरुको लगबग् टुङ्गो लगाउने स्रोतको दाबी छ । बैठक आज १ बजे बस्दै छ ।