‘चित्रकारितामा लागेर राम्रो आमदानी गर्न सकिन्छ’–दावा लामा
२२ पुष, रामेछाप । चित्रकलालाई विध्यार्थी जीवनदेखि आजसम्म पेशाकोरूपमा अपनाएर स्वारोजगारको दिशामा अग्रसर बनिरहेका मिरिक निवासी दावा दोर्जे लामा । उनी चित्रकारितामा निपुण छन् अनि उनले वाटरकलर पेण्टिङ, ओयल पेण्टिङ,पेन्सिल स्केस्ज गर्ने गर्छन्। ३४ बर्षीय दावाले आफूले बनाएको चित्रहरू बिक्री गरेर सन्तोषजनक आमदानी गरिरहेका छन् भने हाल उनी युवाहरूको लागि प्रेरणाको स्रोत बनेका छन्।
सिलगढीमा कलकताको एक चित्रकारबाट तालिम प्राप्त गरेर उनी चित्रकारिताको क्षेत्रमा आज पर्यान्त अघि बडीरहेका छन् । उनले ५०० भन्दा अधिक चित्रहरू कोरेका छन् । उनले यी चित्रहरूमध्ये धेरैमा एउटा चित्र एक लाख बीस हजार अनि कम्तीमा तीन हजारमा बिक्री गरिसकेको बताए।
धेरै चित्र प्रदर्शनी अनि प्रतियोगितामा भाग लिइसकेका दावा लामा भन्छन् ‘चित्रकला सजिलो बिषय होइन तर यसमा लगनशीलता र परिश्रम भए चित्रकारिता सहज विषय पनि हो ।’
लामाले चित्रकारितालाई पेशा बनाएर आमदानी गर्न सकिने बताँउदै चित्रकारितामा लागेर धेरै युवाहरू हाल स्वनिर्भर पनि भइसकेको बताए। तिनले चित्रकारितामा रुचि राख्ने युवाहरूलाई प्रशिक्षण पनि प्रदान गरिसकेको जानकारी गराँउदै कसैले चित्रकारितामाथि आफूबाट केही सिक्न चाहेको खण्डमा सिकाँउन तयार पनि रहेको बताए।
तिनले मिरिकमा धेरै प्रतिभावान चित्रकारहरू रहेको जसको संगठन पनि रहेको जानकारी गराँउदै मिरिकमा राम्रा–राम्रा चित्रकारहरू रहे पनि चित्रकारहरूले आफ्नो कलालाई भने जस्तो ठाँउमा पुग्न नसकेको जसले गर्दा चित्रकारहरूले चित्रकलालाई पूर्णरूपमा पेशाकोरूपमा अपनाँउन नसकेको बताए।
तिनले यहाँको चित्रकारहरूलाई प्रोत्सहान प्रदान गर्न सरकार पक्षले मिरिकमा नै आर्ट ग्यालेरी खोली दिए असल हुने जानकारी गराँउदै आट ग्यालेरीको स्थपनाले चित्रकारहरूलाई मात्र प्रोत्सहान प्रदान नगरेर मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूलाई पनि थप आकर्षण हुने बताए।
फोटो समाचार कैलाश खत्री