तेस्रो ‘मेयर कपः ‘खेलकुदमा हाम्रो कुुुनै हस्ताक्षप हुदैन, सबै जिम्मा रेफ्रीलाई दिन्छौं’ मेयर बस्नेत, रेफ्री भन्छन-‘खेल सभ्य तरिकाले सफल पार्छौं’

| पुस २२, २०७८ बिहिबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२२ पुष, रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख ‘मेयर’ रमेशकुमार बस्नेतले खेलकुदमा कुनै पनि हस्ताक्षप नगर्ने बताएका छन् । अनुशासन खेलाडीहरुको गहना रहेको भन्दै मर्यादित् बनेर खेल खेल्नु पर्नेमा उनको जोड्छ । भोली देखि सरु हुन लागेको ‘तेस्रो मेयर कप’को पूर्वसन्ध्यमा नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् ।

 

विगतका वर्षमा मन्थलीमा भएका विभिन्न प्रतियोगितामा खेलाडीहरुबाट उत्साह जनक नतिजा पाउन नसकेको दृष्टान्त प्रस्तुत गर्दै बस्नेतले यो पटकको भलिबल प्रतियोगितामा सबै जिम्मेवारी निर्णयक टिमलाई दिने निर्णय गरेको जानकारी दिए । 

 

‘हाम्रो तर्फबाट कुनै हस्ताक्षेप हुदैन सबै जिम्मेवारी तपाईहरुको हातमा छ । यो प्रतियोगितालाई सफल, सभ्य र मर्यादित तरिकाले खेलाउनू पर्यो, सफल पार्नू पर्यो । हामी दर्शकको भूमिकामा मात्रै रहन्छौं । खेल विवाद रहित तरिकाले खेलाउने जिम्मेवारी तपाईहरुकै हातमा सुम्पनिन्छौं ।’

 
वितगका वर्षहरुमा खेलमा भएको धाँदलीले खेलाडीहरुबाट अन्य ठाउँमा नराम्रो सन्देश पुगेको भन्दै यो पटक विवाद रहित खेल सम्पन्न गराउनमा आफूहरुको ध्यान केन्द्रीत भएको उनको भनाई छ।  

यसैबीच खेलका ‘रेफ्री’ बिकास गुरुङ्ले सभ्य र शान्त तरिकाले खेल सम्पन्न गराउने दोहोर्याएका छन् । ‘खेल सुरुदेखिनै राम्रो तरिकाले खेलाउनू पर्ने हुन्छ । त्यसको लागि हामी हाम्रो भूमिकाबाट पूरै लाग्छौं । खेललाई सभ्य तरिकाले सम्पन्न गर्ने छौं ।’  

रेफ्रिहरु, विकास गुरुङ, मनिक तामाङ र खुमघले मगर, तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

भोली शुक्रबारदेखि तेस्रो मन्थली ‘मेयर कप’ हुदै छ । तीन दिन सम्म खेलाईने भलिबल प्रतियोगितामा मन्थली नगरपालिका भित्रका १४ वटै वडाबाट एक–एक टिमको अनिर्वाय सहभागिता हुने छ । 

 

जिल्ला समन्वय समितिको प्रांगणमा खेलाईने खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक तथा नगर खेलकुद विकास समितीका सदस्य शुक्र माझीले जानकारी दिए । उनले भोली बिहान ८ बजे मार्चपास सहित खेल सुरु हुने बताउदै सहभागिताको लागि सबैलाई अपिले गरेका छन् । 

 


एक लाख प्रमथ पुरस्कार रहेको भलिबल प्रतियोगितामा शिल्ड,मेडल र प्रमाणपत्र पाउने छन्  । त्यस्तै दोस्रो हुने टिमले नगद ७५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्, भने तेस्रो हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले ३० हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।

 

त्यस्तै फरक फरक विधामा ७ जना खेलाडीले नगद ५ हजार उत्कृष्ठ पुरस्कार पाउने छन् । 

सम्बन्धित समाचार

तेस्रो मन्थली ‘मेयर कप’ : ‘टाईसेट’ सार्टजनिक

तेस्रो मेयर कपको तयारीमा जुट्यो मन्थलीः वडाहरुलाई ५०-५० हजार दिने निर्णय, यस्तो छ तयारी (निर्णयसहित) ?