एमाले जिल्ला अधिवेशन आजदेखि सुरुः तीन जना अध्यक्षको दाबेदार, एक हजार जना सहभागी हुने

| पुस २३, २०७८ शुक्रबार

तस्विर फाइल
A A A
A A A

२३ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) रामेछापको जिल्ला अधिवेशन आज शुक्रबारदेखि सदरमुकाम मन्थलीमा सुरु हुदै छ । बिहान ११ :  ३० बजे सामुदायिक भवन मन्थलीमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेलले अधिवेशनको उद्घानट गर्ने कार्यतालिका एमाले रामेछापले सार्वजिक गरेको छ । 

 

नयाँ नेत्रित्व चुन्ने यो अधिवेशन “दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्ग दर्शनमा आधार निर्माण गरौं” भन्ने मूलनाराको साथ अधिवेशन हुदै छ । 

 

अधिवेशनको लागि एमालेले बिहिबार हिजै अन्य राजनीतिक दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सबै राजनीतिक दलहरुलाई निमन्त्रणा गरिसेकेको जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार सबै राजनीतिक दललाई शुभकामनाको लागि डाकिएको भएपनि एमालेबाट फुटेर बनेको (एकिकृत समाजवादी पार्टी) (एस) लाई भने अधिवेशनमा डाकिएको छैन् । 

 

करिब ७ सय ८० जना मतदाता रहेको एमाले रामेछापले आजको उत्घाटन सत्रमा करिब एक हजार जना सहभागि हुने दाबी गरेको छ । सात सय ८० जना मतदाता, करिव ९० जना स्वयंसेवाक, ८०÷९० जना पउना, ८०÷९० जना प्रदेश कमिटी गरेर करिव एक हजार सहभागी हुन्छन पौडेलले भने । 


१२ हजार ७ सय ६२ जना क्रियाशिल सदस्य रहेको एमाले रामेछापमा संचारमध्यम मार्फत तीन जनाले जिल्ला अध्यक्षको पदको लागि दाबी गरेको घोषणा गरेका छन् । यद्दयपी पार्टीभित्रको कुनै पनि बैठक तथा छलफलमा कुनै पनि पदको लागि उम्मेद्वरी घोषणा नभएको अध्यक्ष पौडेलले रामेछाप टाइम्सलाई बताए । 

 

‘बाहिर मिडियामा कुरा आएको देखिन्छ, तर औपचारिक रुपमा बैठकमा घोषणा भएको छैन उनले भने ।’ 

 

हालका सचिव पदमा रहेका आनन्द श्रेष्ठले आफू ९ वर्षदेखि पार्टीको जिम्मेवार पदमा रहेकाले आफ्नो स्वभाविक रुपमा अध्यक्ष पदको लागि दाबी रहने रामेछाप टाइम्ससँग बताए । 

 

त्यस्तै हाल उपाध्यक्ष रहेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष समेत रहेका प्रेमबहादुर तामाङ्को पनि अध्यक्षमा दाबी रहने चर्चा छ । भने अर्का नेता लव श्रेष्ठ पनि जिल्ला अध्यक्ष बन्ने दौड्मा रहेको चर्चा छ । 

 

यी तीन जनाले जिल्ला अध्यक्षको लागि दाबी गरिरहेका छन् । आज र भोली हुने अधिवेशनले सर्वसहमतिमै जिल्ला अध्यक्ष बनाउने एमाले रामेछापको तयारी छ भने सर्वसहमतिमा नटुङ्गिएमा निर्वाचनको लागि पनि तयार रहेको बताइएको छ ।