रामेछापमा एमाले नेपाल पक्षको संगठन विस्तार : २५१ सदस्यीय पुग्यो,प्रचार विभागमा खत्री चयन

| बैशाख १०, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१० वैशाख, मन्थली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव कुमार नेपाल समूह रामेछापले संगठन विस्तार गरेको छ । बिहिवार मन्थलीमा सम्पन्न बिस्तारित बैठक तथा भेलाले संगठन विस्तार गरि २५१ सदस्यीय कमिटी गठन गरेको पार्टी अध्यक्ष शान्ति प्रसाद पौडेलले बताए ।

उनले भने 'नेकपा एमालेको आज बसेको बिस्तारित बैठकले पूर्व निर्वाचित ७२ सदस्यीय कमिटिलाई समेत समेटेर २५१ सदस्यीय कमिटी बनाएको छ । पूर्व निर्वाचित् कसैलाई कारवाही गरिएको छैन र साङ्गठनिक रुपमा सबैलाई एकता बद्द भएर काम गर्न नेकपा एमाले रामेछाप आव्हान पनि गर्दछु ।;


अध्यक्ष पौडेलका अनुसार प्रत्येक वडाबाट एक जना नछुट्ने गरि कमिटी गठन गरिएको छ । उनले भने 'निर्वाचित भएर आएको कमिटिलाई समानान्तर भन्ने अधिकार कसैलाई छैन । गैर बाटोबाट आउनेहरु जो आफै समानान्तर कमिटीमा बस्ने अनि अरुलाई भ्रम छर्नु उपयुक्त होइन । हामी पुर्वत् अबस्थामा फर्किएका छौं । सर्वोच्चको फैसलाले नै स्पष्ट पारेका छ ।' 


आफूहरु पार्टी एक ढिक्क हुनु पर्ने पक्षमा रहेको भन्दै साङ्गठनिक रुपमा सबैलाई एकताबद्द भएर काम गर्न अध्यक्ष पौडेलले आह्वन पनि गरेका छन् । 
अध्यक्ष पौडलेलका अनुसार पार्टीको प्रचार विभागसहितको जिम्मेवारी पनि तोकिएको छ । पार्टीको प्रचार विभागमा नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीलाई चयन गरेको छ ।
 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार