‘छरिएर रहेका सहकारी संस्थाहरुको विकासका लागि एकिकरणको आवश्यकता’- महासंघका सदस्य बस्नेत

| पुस २३, २०७८ शुक्रबार

डिबी बस्नेत, तस्विर मिलन घिमिरे, रामेछाप टाइम्स
A A A
A A A

२३ पुष, रामेछाप । राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य डि.बि. बस्नेतले छरिएर रहेका सहकारी संस्थाहरुको समग्र विकासका लागि अहिले एकिकरणको आवश्यकता भएको बताएका छन् । रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघको १४ औं बार्षिका साधारण सभा बिहिबार मन्थलीमा उत्घाटन गर्दै उनले सहकारी संस्थाहरुले नेपालको  आर्थिक विकासमा ठुलो  योगदान गरेको बताए ।  बस्नेतले अब सहकारी संस्थाहरुको  ध्यान उत्पादन क्षेत्रमा बढी केन्द्रित हुनु पर्नेमा  जोड दिए । 

 

त्यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले सहकारी संस्थाहरु सरकारको घेरा भित्र नआउँदा अनुगमन तथा नियमनका लागि समस्या भएको बताए । 


जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेलले तिन खम्बे अर्थनिति मध्येको एउटा खम्बाका रुपमा रहेको सहकारी संस्थाको विकासका लागि सरकारको ध्यान जान नसकेको गुनासो गरे । 

 

राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, रामेछाप जिल्ला  वचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष गोविन्द प्रसाद घिमिरे लगायतका बक्ताहरुले बोेलेका थिए । 


रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघका महासचिव नविन के.सीद्वरा प्रस्तुत कार्यक्रम प्रतिवेदन तथा कोषाध्यक्ष पार्वति पाठकद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

  

उक्त साधारण सभामा तिन फरक क्षेत्रमा उत्कृष्ट काम गर्ने ३ वटा  सहकारी संस्थालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने सहकारी संस्थाहरुमा मन्थली बचत तथा ऋण सहकारी संस्था, नवजागरण वचत तथा ऋण सहकारी संस्था र सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । 

 

यसैगरी बिहिबार नै राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी एकिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  महासंघका संचालक सदस्य डि.बि. बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल र नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे लगायतका बक्ताहरुले सहकारी संस्था एकिकरणका विषयमा आ आफ्नो धारणा राखेका थिए । 

 

अभिमुखिकरण कार्यक्रमको सहजिकरण राष्टिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गर्नु भएको थियो ।