एमाले जिल्ला अधिवेशनः अध्यक्ष र सचिवको लागि ३-३ जनाको उम्मेद्वरी दर्ता, उपाध्यक्षमा ५, उपसचिवमा ४

| पुस २५, २०७८ आइतबार

एमाले अधिवेशन स्थल, सामुदायिक भवन मन्थली, तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२५ पुष, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) रामेछापको अध्यक्षको लागि तीन जनाको उम्मेद्वरी दर्ता भएको छ । हाल सचिव रहेका आनन्द श्रेष्ठ, उपाध्यक्ष रहेका प्रेमबहदुर तामाङ् र नेता झम्क कंडेलले जिल्ला अध्यक्षको लागि उम्मेद्वी दिएका हुन् । उनीहरुले आफू अध्यक्षको बलियो दाबेदार रहेको दाबी सहित अध्यक्षमा उम्मेद्वरी दर्ता गराएका छन् । जसमा एक जना अध्यक्ष निर्वाचित् हुने छन् । 

 

त्यस्तै एक उपाध्यक्ष पदको लागि ५ जनाको उम्मेद्वरी परेको छ । भुवन घिमिरे, सुमन कुमार लामा, इन्द्र तामाङ, नारायण प्रसाद पौडेल, धु्रव कार्की र रमेश वाग्लेले उपाध्यक्षमा उम्मेद्वरी दर्ता गराएका छन् ।

 

सचिव पनि तीन जनाको उम्मेद्वरी दर्ता भएको छ । गोपाल श्रेष्ठ, पुरुषोत्तम कडरिया र दुर्गा श्रेष्ठले सचिवमा दाबी गर्दै उम्मेद्वरी दिएका हुन् । जसमा एक जना निर्वाचित् हुने छन् । 

 

दुई जना उपसचिवको लागि ४ जनाले उम्मेद्वरी दर्ता गराएका छन् । प्रकाश कार्की, होतराज ढकाल, केशव प्रधान र चन्द्रबहादुर मानन्धरले उम्मेदवारी उपसचिवमा उम्मेद्वरी दर्ता गरेका हुन् । 

 

करिब साँडे सात सय मतदाता रहेको एमाले रामेछापले पदाधिकारीको दाबीको लागि महिला नेतृत्वको उम्मेद्वरी शून्य देखिएको छ । 

 

सर्वसहमतिमा नेतृत्व चयन गर्ने तयारी गरिरहेको एमालेले आकांक्षि बढेपछि निर्वाचन हुने सम्भावना बढेको स्रोतको दाबी छ ।