धरहरा उत्घाटन् (फोटोफिचर)
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पले भत्काएको पुनर्निर्माण धरहरा शनिबार उदघाटन गरेका छन् ।
२०७२ सालको भूकम्पले तत्कालिन् नौ तले धराहरा भत्काएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहराको निर्माण गरेको छ । प्रधानमन्त्री ओलीले धरहराको २० ओैं तल्लाबाट पुष्पवृष्टि गरि उद्घाटन गरेका हुन् । धरहरा बाहिरबाट भने ११ तलाको देखिन्छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो । २२ औं तलामा शिवलिंग छ ।
दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर राजुमान मानन्धरले बताए ।
वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।