पत्रकार मिलन घिमिरे सम्मानित

| पुस २८, २०७८ बुधबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२८ पुष, रामेछाप । पत्रकार मिलन बि.क (घिमिरे) सम्मानित् भएका छन् । मन्थली नगरपालिकाले आफ्नो १० औं नगरसभामा घिमिरेलाई सम्मान प्रदान गरेको हो । रामेछाप टाइम्सका समाचार प्रमुख एवं म्यानेजिङ डिरेक्टर, सदरमुकाम मन्थलीबाट संचालित रेडियो झंकारका समाचार प्रमुख घिमिरेलाई मन्थली नगरको १० औं नगसभामा सम्मान प्रदान गरेको हो । 

 

स्थानीय संचारमाध्यमद्वरा नगरका विभिन्न गतिविध जनता सामु पुर्याएर उत्कृष्ठ भूमिका खेलेको भन्दै सम्मान प्रदान गरेको हो । वि‍.क (घिमिरे)लाई प्रंशासपत्र नगरका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले नगरका प्रमुख रमेश बस्नेत, उपप्रमुख मायाँ कार्कीसहितको उपस्थितिमा प्रदान गरेका हुन् । 

 

छ वर्षदेखि जिल्लामा पत्रकारीता क्षेत्रमा संक्रिय घिमिरे नेपाल पत्रकार महासंघ रामेछापका कार्यसमिति सदस्य समेत हुन् ।