धरहरा ढल्दा पनि बाँच्न सफल रामेछापकी श्रेष्ठ सम्मानित्
फोटो फाइल
११ वैशाख, रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भुकम्पमा धरहरा ढल्दा पनि सोही ठाउँमा रहेर बाँच्न सफल भएकी रामेछापकी एक किशोरीलाई आज सम्मान गरेका छन् ।
आज पुःन निर्मित धरहराको उत्घाटन् समहारोकाबीच रनिला श्रेष्ठलाई सम्मान गरिएको हो ।
धरहरामा चढेको बेलामा भुकम्प जाँदा श्रेष्ठ घाइते भएकी थिइन् । श्रेष्ठले धरहरा बनेकोमा आफूलाई धेरै खुसीलागेको बताइन् । उनले भनिन् 'धरहरा बन्छ जस्तो लागेको थिएन तर, बन्यो । मलाई अहिले पनि डर लागि रहेको छ ।'
उनको भुकम्पमा परि खुट्टा भाँचिएको थियो । उनीहरु दुई जना घुम्नको लागि गएका थिए । उनका साथिको हात भाँचिएको थियो । एक महिना अस्पताल बसेपछि उनलाई ठिक भएको उनले बताइन् ।

