सचिव रहेका खपाङ्गी कांग्रेस प्रवेश गरेपछि घिसिङ्लाई सचिव बनायो माओवादी फुलासीले

| माघ ३, २०७८ सोमबार

तस्विर स्रोतः दीपक प्रसाई
A A A
A A A

३ माघ, रामेछाप । केही दिन अगाडि वडा सचिवनै नेपाली कांग्रेस प्रवेश गरेपछि रिक्त रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फुलासीको सचिवमा रामबहादुर तामाङ् (घिसिङ) नियुक्त भएका छन् । 

 


सोमबार आज पार्टीका नगर कमिटीका पदाधिकारीहरुले कांग्रेस प्रवेश गरेका तत्कालिन सचिव डम्बर खपाङ्गी मगरलाई पार्टीबाट निष्काशन सहितको कारबाही गर्दै रिक्त रहेको सचिव पदमा घिसिङ्लाई सर्वसहमितिले चयन गरेका नेता दीपक प्रसाईले जानकारी दिए ।  


गत पुष २७ गते सोही वडामा भएको कांग्रेसको एक कार्यक्रममा माओवादीका सचिव खपाङ्गी सहित करिब एक सय बढी कांग्रेस प्रवेश गरेका थिए । 

 

उनका अनुसार दीपक चौहानलाई पार्टी समेत गरेका छन् ।