भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पद मुक्त गर्न अनेरास्ववियू रामेछापको माग

| माघ १३, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

१३ माघ, रामेछाप । अनेरास्ववियू जिल्ला कमिटी रामेछापले  भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पद मुक्त गर्न माग गरेको छ । 

 

 

आज बिहिबार एक ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउदै मन्त्री यादवले एक कार्यक्रममा ‘गौर हत्या काण्ड’ दोहोर्याउने चेतावनी दिएको भन्दै उक्त अभिव्यक्तिले हिंसा भड्काउन मद्दत पुगेको ठहर गरेको हो ।

 

उसले भनेको छ– ‘संविधान र लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउँदै नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादववाट रौतहटको एक कार्यक्रममा गौर हत्या काण्ड दोहोर्याउने चेतावनी दिदै हिंसा भड्काउने उद्देश्यले दिएको अभिव्यक्तिको भर्त्सना गर्दै नीजलाई मन्त्रि पदवाट तत्काल वर्खास्त गरियोस् ।’

ज्ञापन पत्र हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार