कीर्तिपुरमा रामेछाप गेलुका शंकर खत्री मृत भेटिए

| माघ १३, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

१३ माघ, रामेछाप । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मा रामेछापका एक पुरुष मृत फेला परेका छन् ।

 

मृत फेला पर्नेमा मन्थली नगरपालिका–१२ गेलु घर भई काठमाडौं बस्दै आएका शंकर खत्री रहेका छन् । 

 

उनी काठमाडौंको कीर्तिपुर नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए । 

 

सोही भवनमा बस्दै आएका खत्रीको शव अहिलेसम्म आफन्त नआएको हुनाले उठाइएको छैन् ।

 

उनको मृत्युको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।