खिम्तीमा ‘छारे’ रोगबाट पीडित २२ वर्षीय तामाङ्को निधन

| माघ १५, २०७८ शनिबार

A A A
A A A

१५ माघ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा ६ खिम्तीम ‘छारे’ रोगबाट पीडित एक किशोरीको ज्यान गएको छ । 

 

 

गत शुक्रबार बिहान उनको घर नजिकै लडेको अवस्थामा भेटिएपछि उपचारको लागि अस्पताल पुर्याउन साथ ज्यान गएको उनको पारिवारीक स्रोतले जानकारी दिएको हो । ज्यान गुमाउनेमा खिम्तीमा होटल व्यवसाय गर्दै आएकी गोकुलगंगा गाउँपालिका ६ फर्पुकी २२ वर्षीय लकमाया तामाङ रहेकी छन् । 

 

उनी शुक्रबार बिहान होटल नजिकै लडेको अवस्थामा होटल नजिकै भेटिएकी थिइन् । उनी धारामा गएको बेलामा लडेको हुनसक्ने दाबी गरिएको छ । 

 

उनी धाराको कुलोमा लडिरहेको अवस्थामा भेटिएपछि तत्काल उद्दार गरि किर्नेटार स्वास्थ्य केन्द्रमा पुर्याउन साथ डाक्टरले मृत घोषण गरेका हुन् ।