चार साता लकडाउन गर्न सिफारिस
फोटो फाइल
११ वैशाख, रामेछाप । नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढदै जान थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तीमा चार साता लकडाउन गर्नुपर्ने सिफारिस गरेको छ । मन्त्रालयले कोरोनाको अवस्था भयावह बनेको भन्दै यस्तो सिफारिश गरेको हो ।
मन्त्रालयको यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आए पनि निर्णय भएको छैन ।
