मन्थली क्याम्सप प्रमुखमा भरतकुमार श्रेष्ठ

| माघ १७, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१७ माघ, रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली सहिद स्मृती बहुमुखी क्याम्पस प्रमुखमा भरतकुमार श्रेष्ठ नियुक्त भएका छन् । 

 

गत माग ५ गते बुधबार बसेको क्याम्पस संचालक समितिको बैठकले श्रेष्ठलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

 

यस अगाडि सो क्याम्पस प्रमुखमा ऋषि कार्की रहेका थिए । उनले व्यक्तिगत कारण देखाउदै क्याम्पस प्रमुखबाट राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको क्याम्पस प्रमुखमा सहयक क्याम्पस प्रमुखमा रहेका श्रेष्ठलाई नियुक्त गरिएको हो । 

 


विगत १३ वर्षदेखि श्रेष्ठले स्वास्थ्य शिक्षा विषय अध्यायपन गर्दै आएका छन् । बुधबार क्याम्पस प्रमुखमा नियुक्त भएका श्रेष्ठलाई विभिन्न व्यक्ति तथा संस्थागत रुपमा बधाई दिएका छन् ।