४० लाख जरिवाना पक्ररणः लुभुघाटबाट पक्राउ परेका श्रेष्ठ करागार चलान

| माघ १७, २०७८ सोमबार

तस्विर फाइलः बाबु श्रेष्ठ ।
A A A
A A A

१७ माघ, रामेछाप । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको थाहा पाउँदा पाउदै ४० लाखको चेक दिएर बैंकिङ कसूरमा पक्राउ परेका सुनापती गाउँपालिका वडा नं ५ का ४४ वर्षीय बाबु श्रेष्ठ जेल चलान भएका छन् । उनी गत माघ १० गते जिल्लाकै लुभुघाटबाट पक्राउ परेका थिए । 

 


उच्च अदालत पाटनबाट २०७७ जेठ २७ गते बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैँया जरिवाना र १० दिन कैद तोकिएको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

 


फरार सूचीमा रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले सोमबार दिउँसो काठमाडौंबाट रामेछाप आउदै गर्दा लुभुघाटबाट पक्राउ गरेको थियो । 

 

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत रामेछापले थुनामा पठाएको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।