जेठ ४ गते निर्वाचनको मिति तोक्न सक्ने प्रधानमन्त्री देउवाको संकेतः कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवा ।
१८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आउदो जेठ ४ गते स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएको स्रोतले जनाएको छ ।
देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’
देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठले बताए ।
