निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान (सूचनासहित)

| माघ २२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२२ माघ, रामेछाप । निर्वाचन आयोग मतपत्र ‘डिजाइन’ का लागि विज्ञापन आह्वन गरेको छ । 

 


निर्वाचनलाई मध्य नजर गरी निर्वाचन आयोगले मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइन गर्नका लागि विषय विज्ञहरुको सूची तयार गर्न लागेको आयोगले जनाएको छ । 

 

निर्वाचनको समयमा आयोगले तोकेको अवधि र समयसम्म आयोगमा रही काम गर्न इच्छुक योग्यता, क्षमता र अनुभव भएका नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र निर्वाचन आयोग, बहादुरभवन, कान्तिपथ, काठमाडौंमा वा आयोगको सम्पर्क गर्न आह्वन गरेको हो । 

 

शनिबार एक सूचना प्रकाशन गर्दै आयोगले यस्तो जनाएको हो ।