फागुन १ गते देखि विद्यालय खोल्ने दिने सीसीएमसीको निर्णय

| माघ २३, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

२३ माघ, रामेछाप । आउदो फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । कोरोना संक्रमणदर दैनिक घट्दै गएको भन्दै कोरोना रोकथाम तथा नियन्त्रण समिति (सिसीएमसी) को आज आइबार बसेको बैठकले विद्याल खोल्न दिने निर्णय गरेको हो । 

 

त्यस्तै काठमाडौं उपत्यकाभित्र यातायातमा लागू रहेको जोर–बिजोर पनि हटाउन सिफारिस गरिएको स्रोतले जनाएको छ । अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर–बिजोर प्रणाली लागू छ । 

 

आफूले ट्याक्सीलगायत सवारीमा रहेको जोर–बिजोर प्रणाली हटाउन सरकारसँग पटक–पटक आग्रह गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।

 

सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।