कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत
तस्विर फाइल
२४ माघ, रामेछाप । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् ।
महतलाई सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (४) बमोजिम प्रवक्ता पदमा मनोनयन गरेको विज्ञप्ति मार्फत मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जानकारी दिए ।

