कमल थापाले गरे राप्रपा त्यागेको घोषणा (विज्ञप्ती)
तस्विर फाइल
२५ माघ, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान् अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् ।
३१ वर्षसम्म राप्रपामा रहेका थापा गत मंसिरमा भएको पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देलसंग पराजय भोगेका थिए ।
उनले पार्टीभित्र सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर अगाडि बड्न खोजेपनि सो सम्भवन नभएपछि पार्टी परित्यग गर्ने कठोर निर्णय गरेको उल्लेख गरेका छन् ।
‘आफ्नो कुराका सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ थापाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।’
थापाले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

