एसईई परीक्षा बैशाख ९ गते देखि लिने बोर्डको निर्णय

| माघ २६, २०७८ बुधबार

तस्विर फाइल
A A A
A A A

२६ माघ, रामेछाप । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको (एसइई) परीक्षा आउदो बैशाख ९ गते देखि गर्ने निर्णय गरेको छ । 

 

बुधबार आज बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा लिने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

 

 

उनका अनुसार परीक्षा तालिका भोली बिहिबार गोरखापत्रमा र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने तयारी छ । हाल विद्यालय तेस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बन्द छन् । 

 

सरकारले आउदो फागुन १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । साथै वैशाख ३० गते सरकारले स्थानीय निर्वाचन मिति तोकेको छ । निर्वाचन सोही पक्षलाई ध्यानमा राख्दै परीक्षा गर्ने निर्णय गरेको उनले सुनाए ।  

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार