नवजागरण सहकारीको अब आफ्नै भवनबाट सेवा सुरु

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ वैशाख, मन्थली । रामेछापको सदरमुकाम मन्थलीस्थित् नवजागरण बचत तथा ऋण सहकारी संस्था आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ ।

 

शनिबार एक कार्यक्रमकाबीच सहकारी आफ्नै भवनमा सरेको हो । जिल्ला मालपोत कार्यालय जानेबाटो छेउमा बनेको भवन भुकम्प प्रतिरोधी, आधुनिक र सुविधा सम्पन्न रहेको छ । भवन एक करोड ८१ लाख ७९ हजार ३९ रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

 

यसअघि रामेछाप उधोग वाणिज्य संघको घरमा भाडामा बस्दै आएको थियो । २०५५ सालमा स्थापना भएको सहकारी संस्थाले अहिले करिव ५० करोडको हाराहारीमा आर्थिक कारोवार गर्दै आएको सहकारीले जनाएको छ । सहकारीमा हाल करिव ८ हजार शेयर सदस्य रहेका छन् ।   
फोटो ramechhaptimes.com

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार