सालुका घिमिरेले गरे ‘प्रमीसडे’मा समाजसेवा गर्ने ‘प्रमीस’

| माघ २९, २०७८ शनिबार

प्रदिप घिमिरे ।
A A A
A A A

विगत दुई दशक देखि विभिन्न सामाजिक क्षेत्रमा आफूलाई समर्पित गर्दै आइरहेका रामेछापका युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ले अंग्रेजी क्यालेण्डर अनुसार फेब्रुअरी ११, २०२२ यानिकी ‘प्रमिसडे’ का दिन फरक विधिमा कसम यानिकी ‘प्रमिस’ गरेका छन् ।

 

११ फेब्रुअरी, विशेष गरेर युगल जोडी यानिकी प्रेमी प्रेमीकाले एक आपसमा खुसी साट्दै सँगै बाँच्ने सँगै मर्ने कसम खाने पश्चिमा संस्कार नेपालमा पनि पछिल्लो समय झाङ्गिदै आइरहेको छ । कोरोना कहर सुरु भए देखी दुःखी गरिबहरुको सारथी भनौं यात अन्नदाताका रुपमा चिर परिचित नाम हो प्रदिप घिमिरे ‘अमूल्य’ । लकडाउन सुरु भएदेखी अनवरत रुपमा काठमाडौं उपत्यकाको खुल्ला आकाशमूनी पुष माघको चिसो सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी गरीबहरुलाई रातको खाना खुवाउँदै आएका छन् । उनले भोजन सेवा सञ्चालन गरेको २३ महिना भैसकेको छ । आहिलेसम्म अगभग २ लाख मानिसलाई भोजन सेवा गराइसकेका छन् । उनले गरेको सरहानीय कार्यमा स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरुले साथ दिँदै आएका छन् ।

  • म बाचुञ्जेल, मेरो शरिरमा दुई थोपा रगत बगुञ्जेल  गरीब, दुःखी, अशक्त र अशहायहरुको सेवा गर्छु । हामी यस धर्तीमा आफ्नो लागी भन्दा पनि अरुको लागि केही गर्न आएका हौं ।

आजको दिन प्रदिपले भने फरक कुरामा ‘प्रमिस’ गरेका छन् । उनी भन्छन्– म बाचुञ्जेल, मेरो शरिरमा दुई थोपा रगत बगुञ्जेल  गरीब, दुःखी, अशक्त र अशहायहरुको सेवा गर्छु । हामी यस धर्तीमा आफ्नो लागी भन्दा पनि अरुको लागि केही गर्न आएका हौं । सत्कर्म गर्न आएका हौं । बाचुञ्जेल सत्कर्म गरेर बाँच्नु पर्दछ । हामीले हाम्रो मरणलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो कर्ममा निर्भर रहन्छ । मरेर जाँदा सँगै जाने भनेको कर्म मात्र हो । घर, परिवार, समाज, साथीभाई, इष्टमित्र पनि घाटसम्म मात्र हुन् त्यसैले पनि शरीरमा एक मुठी सास रहुन्जेल र दुई थोपा रगत बगुन्जेल समाज सेवा गर्ने ‘प्रमिस’ गरेका छन् ।

 

प्रदिप आमयुवाहरुको लागि प्रेरणाका मुहान बन्न चहान्छन् । उनले हरेक समस्यालाई अवसरको रुपमा हेर्छु भन्छन् ।  लकडाउन भएर अस्पतालका ढोकाहरु पनि बन्द भएको बेलामा काठमाडौंका सडक गल्लि–गल्लिमा गएर खाना खुवाउने गरेको थिए । दुःखी, गरीब, भोका, नाङ्गलाई खाना र तातो नाना प्रदान गरेर चर्चा कमाएका प्रदिप भन्छन् ‘हरेक समस्या भित्र सुनौलो अवसर लुकेको हुन्छ । जसरी पत्थर भित्र बहुमुल्य हीरा लुकेको हुन्छ । पत्थर नफोरीकन हीरा भेटिदैन ।’

 

उनी थप्छन् ‘त्यसरी नै हरेक कठीन समय भित्र अवसर लुकेको हुन्छ त्यसले हरेक कठीन समलाई सहर्ष स्वीकार गर्नुहुन सबैमा आग्रह गर्दछु । परोपकार पुण्यायः सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई शिरोधार्य गर्दै आएका उनी सबैलाई आफूले सकेको मद्दत गर्न अपिल ।’ 

सामाजिक सेवामा सक्रिय युवा समाजसेवी तथा लेखक प्रदिप घिमिरे मन्थली नगरपालिका वडा नं, ४ सालु, रामेछापका स्थानीय हुन् । उनलाई सम्पर्क नं। ९८४११४१४६८ रहेको छ ।

जुनी मान्नधर
| फागुन २६, २०८१ सोमबार
कन्चन कार्की
| फागुन १४, २०८१ बुधबार
अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| माघ ३०, २०८१ बुधबार
कन्चन कार्की
| पुस ३, २०८१ बुधबार