'राममन्दिर,पशुपतिका गजूर, धरहरापछि बनाउँला' अहिले कोरोना रोकथाम गरौं भट्टराई
फाइल फोटो
१२ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कोभिड-१९ रोकथामको लागि भारतसंगको खुला सीमानामा आवश्यक व्यवस्थापन गर्न माग आग्रह गरेका छन् ।
आइतबार सामाजिक संजाल टुवीटरमा आफ्नो धारणा लेख्दै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले कोरोना रोकथाम अहिलेको पहिलो प्राथमिकता रहेको उल्लेख गरेका छन् ।
उनले अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सामाग्रीको मात्र सहज बनाउन सरकारलाई ध्यानकर्षण गरेका हुन् ।
भट्टराइले लेखेका छन् 'राममन्दिर,पशुपतिका गजूर,भ्यूटावर,धरहरा बनाउॅदै गरौंला अहिले कोरोना रोकथाम पहिलो आवश्यकता हो ।'
