राकाथुममा शहिद अर्जुन रानामगरको शालिक अनावरण हुदै

| फागुन १, २०७८ आइतबार

तस्विर स्रोत जिवन रानामरण ।
A A A
A A A

१ फागुन, रामेछाप । २६ औं जनयुद्ध दिवसको अवसरमा रामेछापको राकाथुममा शहिद अर्जुन रानामगरको शालिक अनावरण हुने भएको छ । आज आइतबार माओवादी केन्द्रले सशस्त्र जनयुद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउदै छ । 

 


सो अवसरमा पारेर रामेछापमा शहिद रानामगरको आज अर्धकदको शालिक अनावरण तथा माल्यार्पण कार्यक्रम आयोजना गरेको राकाथुम माओवादी केन्द्रले जनाएको छ ।

 

 

खाँडादेवि गाउँपालिकाको वडा नं १ राकाथुम चापवोट स्थित शहिद ‘अर्जुन स्मृति पार्क’ मा एक कार्यक्रमका बीच अनावरण हुने  योजक माओवादी केन्द्र वडा कमिटी खाँडादेवी राकाथुमले जनाएको छ ।