रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले बेरोजगार नागरिकलाई रोजगारी दिने (सूचनासहित)

| फागुन २, २०७८ सोमबार

A A A
A A A

२ फागुन, रामेछाप । रामेछापका दुई स्थानीय तहले आफ्नो स्थानीय तहभित्रका बेरोजगार नागरिकहरुलाई रोजगारी दिने भएका छन् । यसरी रोजगारी दिन हालसम्म रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले सार्वजनिक सूचना पक्राशन् गरेका हुन् । 

 

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय तह मातहतमा रहेका रोजगार सेवा केन्द्रको समन्वयमा कम्तीमा एक सय दिन बराबरको न्यूनतम रोजगारी दिन लागेको रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले छुट्टाछुटै सूचना पक्राशन गरि जानकारी दिएका छन् । 

 

 

यसरी रोजगारीमा पाउन स्थानीय तहहरुले विशेष शर्त लागू गर्ने छन् । नागरिकले आफ्नो स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वड़ा कार्यालयमा गएर बेरोजगार फाराम भरी रोजगारी पाउनको लागि निवेदन पेश गर्न समेत सूचना प्रकाशन् गरेका छन् । 

 

जसको लागि यही फागुन १ देखि ३० गतेसम्म फारम भर्न सकिने जारी सूचनामा उल्लेख छ । 

सूचना हेर्नुहोस्