गोकुलगंगामा चार जना विद्यार्थी र एक जना शिक्षकसहित ९ जनामा कोरोना पुष्टि

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ वैशाख, मन्थली । देशैभरि कोरोना संक्रमण बढी रहेको अवस्थामा रामेछाप जिल्लामा पनि कोरोना संक्रमण बढ्न थालेको छ ।

आजमात्रै रामेछापमा एकैदिन ९ जनामा संक्रमण पुष्टि भएको छ । गत शुक्रबार गोकुलगंगा गाउँपालिकाका १६ जनाको स्वाब परिक्षणको लागि पठाइएकोमा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

 

उनका अनुसार पोजेटिभ हुनेमा ४ जना विद्यार्थी रहेका छन् । त्यस्तै एक जना शिक्षक छन् । भने एक जना प्रधानध्यापक संक्रमित बनेका छन् । दुईवटा विद्यालयका विद्यार्थी र शिक्षकहरु संक्रमिति बनेका हुन् । संक्रमितहरुमा चार जना महिला र ५ जना पुरुष छन् ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार