एमाले खाँडादेवी अध्यक्ष भन्छन् ‘यो पटक पनि अहिले भन्दा बढि सिटले जित्छौं, जिल्ला भरिकै स्थानीय तहमध्ये राम्रो काम गरेका छौं’

| फागुन ३, २०७८ मंगलबार

A A A
A A A

३ फागुन,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका वडा अध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका एमाले अध्यक्ष पुष्कर कार्कीले आउदो निर्वाचनमा एमालेले फेरी पालिकाको पूरै नेतृत्व हाँसिले गर्ने दाबी गरेका छन् । उनले ‘यो पटक पनि हाम्रो पार्टीले यहाँ झण्डा फहराउछ भने ।’

 

रामेछाप टाइम्ससंग मंगलबार आज आसन्न ‘निर्वाचन् विशेष’ कुराकानी गर्दै उनले सिङ्गो खाँडादेवी गाउँपालिकामा जिल्ला भरिकै सबै भन्दा राम्रो काम भएको दाबी गर्दै यो निर्वाचनमा पनि यहाँ एमालेकै जित् हुने बताए । ‘खाँडादेवीमा एमाले निर्वाचनमा होमिसकेका छ । पालिका सहित ९ वटै वडामा आफ्नो नेतृत्वको लागि लागेका छौं । हिजोको भन्दा बढि सिट ल्यार जित्छौ’ भने ।
 


स्थानीय सरकार बनेपछि पालिकाको मुहार फेरिएको भन्दै कार्कीले शिक्षा, स्वास्थ्य, पूर्वधार, कृषिलाई केन्द्रमा राखेर काम गरेकाले जनताले आफूहरुलाई रुचाएको उनको दाबी छ । तत्कालिन समयमा पार्टीबाट कैलाश ढुङ्गेल प्रदेशको अर्थमन्त्री हुदाँ पालिकाको विकासमा थप टेवा पुगेको उनले उल्लेख गरे ।

 

वडा अध्यक्ष कार्कीले पालिभित्र किसानहरुलाई कुलो, खानेपानीको अभाव नभएको बताए । साथै शिक्षा क्षेत्रमा भवन, जनशक्तिको अभाव छैन भने । स्वास्थ्यमा पनि भवनहरुसंगै ल्याब, फार्मेसी, सडक संजाल विस्तार तथा सुधार,ढल ब्यवस्थापन गरेर जनताको सबै समस्या समाधान गरेको वडा अध्यक्ष कार्कीको दाबी छ । 

 

कार्यकर्ताले रुचाउने नेताको ‘लिष्ट’ मा परेका कार्कीले पालिकाभित्र एकिकृत बस्ती विकास निर्माणले पनि विशेष प्राथमिकता पाएको भन्दै यो पटकको निर्वाचनमा कुनै पनि हालतमा आफूहरुले जित्न जिकिर गरे । उनले आउदो निर्वाचनमा तपाईको केमा उम्मेद्वरी रहन्छ भन्ने प्रश्नमा जनतालाई मालिक ठानेर आफूहरु नोकर भएको भावना आफूसंग रहेकाले सेवा गर्ने मौका पार्टी र जनताले दिए समय आएपछि बहिर ल्याउने छु भने।