रोल्पामा प्रहरिद्वारा अफिम खेती नष्ट

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ वैशाख, रोल्पा ।  बिमल प्रसाद पोख्रेल ।  रोल्पाको थबाङ गाउँपालिका दुई सिस्या खानाको जङ्गलमा करिब दुई कट्ठा जङ्गललाई बारी बनाई अफिम खेति आज रोल्पा प्रहरिले नष्ट गरेको छ ।

लागूऔषध अफि खेती नषट् गरेको प्रहरी निरिक्षक शन्तोष कुमार केसीले बताए । 

 

 

उक्त जङ्गलमा  (लागुऔषध) अफिम खेति कस्ले गरेको भन्ने अझैसम्म नखुलेकोले थप अनुसन्धान गरिरहेको उनको भनाई छ । 

रोल्पामा पछिल्लो समय गाँजा र अफिम खेति गर्नेहरुको बिगबिगी रहेको छ ।

 

बैशाख १० गते परिवर्तन गाउपालिका ६ ओहोस्थित अर्जुन बुढाको सुन्तला खेती भित्र १।५ रोपनी क्षेत्रफलमा लुकाई छिपाई अफिम लगाईएको छ भन्ने गोप्पे सुचनाको आधारमा  ईलाका प्रहरी कार्यलय रोल्पा घर्तिगाउ र ईलाका प्रहरी कार्यलय ईरिबाङ रोल्पाबाट १५ जनाको प्रहरी टोलिले अफिम नष्ट गरेको थियो ।