‘भ्रष्टचार शून्यमा झार्न र प्रचारबाजी विकासलाई रोक्न स्थानीय तहमा कांग्रेस आवश्यक छ’–सचिव खड्का (भिडिओसहित)

| फागुन ७, २०७८ शनिबार

A A A
A A A

७ फागुन, रामेछाप । नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्काले भ्रष्टचारलाई शून्यमा झार्न अब देशव्यापी रुपमा कांग्रेसको आवश्यक्ता भएको बताएका छन् । अहिले धेरै जसो स्थानीय तहमा निर्वाचत् जनप्रतिनिधि कम्युनिष्ट् पार्टीका भएको स्मरण गराउदै देशब्यापी बढेको भ्रष्टचार त्यसको परिणाम भएको उनको तर्क छ । 

 

शुक्रबार रामेछाप टाइम्ससँग ‘निर्वाचन् विशेष’ कुराकानी गर्दै उनले भने ‘कम्युनिष्टहरुलाई ५ वर्षको लागि सत्ता लचाउने जिम्मेवारी पाउदाँ तीन वर्षमै भ्रष्टचार बढेर थेगिनसक्नु भएको र त्यसको परिणाम सत्ताबाट बाहिरिनु परेको स्मरण गराए ।


सचिव खड्काले जनतालाई बोल्नै रोक लगाउने अवस्था आएको, प्रेस स्वतन्त्रतामाथि प्रहार भएको, जनप्रतिनिधिहरुमा ‘छोटेराजा’  भएको अहम्ता बढेको, स्थानीय तहमा भएका साना कामलाई प्रचार बाजी मात्रै गर्ने गरेको बताए ।

 

उनले कांग्रेसको नेतृत्वमा स्थानीय तह बनेमा भ्रष्टचार शून्यमा झार्ने र जनतालाई आवश्यक कुनै पनि सेवा तत्काल गर्ने बतए । विपी कोइराला रामेछापका जिल्ला सभापति समेत रहेका खड्काले कांग्रेस पार्टी काम गर्ने पार्टी भएको भन्दै मिडिया बाजी, प्रचारबाजी गर्न नरुचाउने  कांग्रेसको स्वभाव भएको बताए । 

 

खड्काले सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’, नेता भरत चौतागाई, क्षेत्र नं १ र २ मा विभिन्न कांग्रेस नेतालहरुले पटक पटक आर्थिक, प्राविधिक ठूलो मात्रमा सहियोग गर्दै आएको जानकारी गराउदै यसलाई प्रचार र मिडिया बाजी नगरेको बताए । आफ्ना सभापतिले जनता सामू गरेका सबै बाचाहरु पूरा गरेको उनले बताए । 

 

स्थानीय तहमा कम्युनिष्टहरुको नेतृत्वबाट जनता थाकिसकेको भन्दै आउदो निर्वाचनमा कांग्रेसलाई भोटहाल्न जनता आतूर रहेको बताए । ‘जनता हतारिएको अवस्था छ, कम्युनिष्टले चुनाव जितेमा बोल्न समेत पाइदैन् रहेछ  भन्नथालि सके ।’

 

कांग्रेस सचिव खड्काले जिल्लामा कांग्रेस अब एक ढिक्का रहेको भन्दै सबै मिलेर कांग्रेसलाई जिताउनको लागि लाग्ने अठोट् गरे । उनले अहिले कसलाई टिकट् दिने भन्ने बारेमा अहिले निर्णय भईनसकेको भन्दै जनताले रुचाएको, जनतासंग जोडिएको मानिसलाई अगाडि ल्याउने बताए ।