एकिकृत समाजवादी निकट् शिक्षक संगठन रामेछापको अध्यक्षमा विष्णु थापा

| फागुन ७, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

७ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट शिक्षक संगठन् रामेछापको अध्यक्षमा विष्णु थापा चयन् भएका छन् । 

 

शनिबार सदरमुकाम मन्थलीमा भएको एक भेलाले थापालाई पार्टी निकट् शिक्षक संगठनको जिल्ला अध्यक्षमा चुनेको हो । थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । 

संगठनको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सचिवमा काजी बहादुर खड्कालाई सर्वसहमतिले चयन गरेको हो । 

 

त्यस्तै शनिबारै पार्टी निकट पेशागत महासंघ नेपाल रामेछापको समेत समिति गठन भएको छ । जसको अध्यक्षमा ज्ञानेन्द्र काफ्ले र सचिवमा हर्कबहादुर सुनुवार चयन् भएका छन् । अध्यक्ष बनेका काफ्ले मन्थली नगरपालिकामै कार्यतर छन् । 

 

जिल्ला पार्टी उपाध्यक्ष धनयोञ्जनको उपस्थितिमा भएको कार्यक्रममा समितिले पूर्णता पाएको हो ।

 

समिति गठनमा बोल्ने वक्ताहरुले संगठनलाई विस्तार गर्ने र आबद्ध भएका शिक्षकहरुको हक अधिकारको लागि थप सक्रिय बनेर अगाडि बढ्ने निर्णय गरेको छ ।