रामेछापमा ८ जना कैदीले पाए आम माफी

| फागुन ७, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

७ फागुन, रामेछाप । प्रजातन्त्र दिवसको असरमा रामेछापका आठ जना कैदीले आम माफी पाएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार रामेछापमा कैदभुक्तान गरिरहेका ८ जनाले माफी पाएका हुन् । 

प्रजातन्त्र दिवसरको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समयमा अपराधिक गतिविधि गरि जेलमा कैद भुक्तान गर्दै आएका कैदीको आचरणमा आएको सुधारलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारम मिनाह गरेकी हुन् । जसमा रामेछापका ८ जना परेका हुन् । 


विभिन्न मुद्धा लागेर जेल जीवन विताइरहेका उनीहरुको अदालतले तोकेको कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ५० प्रतिशत कैद भुक्तान हुन बाँकी रहेका उनीहरुको बाँकी कैदको आम माफी दिइएको हो ।

 

जिल्ला कारागार रामेछापले ५० प्रतिशत कैद भुक्तान गरिसकेका १४ जना कैदी बन्दीको माफी मिनाहाको लागि सिफारिस गरिएकोमा ८ जनाको मात्रै माफी मिनाहा भएको जिल्ला कारागार कार्यालय रामेछापले जनाएको छ । 

 

माफी मिनाहा पाउने कैदी वन्दीहरुमा नकबजनी चोरी १ जना, सवारी ज्यान मुद्धाका ३ जना, कर्तव्य ज्यान मुद्धाका २ जना, वहुविवाह १ जना र ज्यान मार्ने उद्योगका १ जना गरि ८ जना कैदी बन्दी रहेका छन् । माफी मिनाहा पाउने कैदीवन्दीहरु गुल्मी, सोलुखुम्वु, सिन्धुली, धनुषा,उदयपुर र रामेछापका रहेका छन् ।