तरुण दल रामेछापले कठजोरमा किरण बोगटीको नेतृत्वमा ३५ सदस्यीय वडा समिति गठन गर्यो

| फागुन ७, २०७८ शनिबार

तस्विर स्रोत सन्तोष केसी
A A A
A A A

७ फागुन, रामेछाप । नेपाल तरुण दल रामेछापले संगठन विस्तारलाई तिब्रता दिएको छ । पछिल्लो केही दिनयता तरुण दलले संगठन पालिका तथा वडा स्तर सम्म गठन थालेको छ । 

 


जसअनुसार शनिबार मन्थली नगरपालिका वडा नं ३ कठजोरमा  किरण बोगटीको नेतृत्वमा वडा कार्यसमिति गठन गरेको हो ।

 

जसको उपाध्यक्षमा अनिता रोका र विभेक केसी छनोट भएका छन् । भने सचिवमा सविन केसी र होमबहादुर रोकाले जिम्मेवारी पाएका छन् । त्यस्तै रमा रोका, बेनुप रोका सह-सचिवमा चयन् भएका छन् । अनिस केसीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । 

 

तरुण दल जिल्ला सभापति काजीबहादुर खड्का (दिनेश) सहितका जिल्लाका तरुण दलका नेताहरुको उपस्थितिमा बोगटीको नेतृत्वमा ३५ सदस्यीय वडा समिति गठन भएको हो । 

 

केही दिन अगाडि जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको विभिन्न वडामा पनि समिति गठन गरेको थियो  ।

निर्णय हेर्नुहोस्