पकरवासमा विभिन्न पार्टी त्याग् गर्दै एक सय जना एकिकृत समाजवादी प्रवेशः अध्यक्षमा श्रेष्ठ

| फागुन ८, २०७८ आइतबार

A A A
A A A

८ फागुन, रामेछाप । विभिन्न पार्टी परित्याग गर्दै पकरवास रामेछापका करिव एक सय जना (एकिकृत समाजवादी) (एस) पार्टी प्रवेश गरेका छन् । 

 

शनिबार भएको वडा कमिटी गठन कार्यक्रममा बहुमतको संख्यामा एमाले पार्टी परित्याग गर्दै एकिकृत समाजवादी भित्रिएको नेता होम बुढाथोकीले जानकारी दिए । उनका अनुसार खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासमा टेकबहादुर श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी समेत गठन् भएको छ । 

 

 

(एस) रामेछापले पछिल्लो समय पार्टी प्रवेश तथा वडा कमिटी, भातृ संगठन विस्तारलाई तिव्रता दिएको एसले जनाएको छ ।